जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना « Khabarhub

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति १०ः०० बजे प्लान्ट जडान गरेर स्थापना गरिएको हो ।

अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भने, ‘दिउँसोबाट शुरु गरेर राति अक्सिजन प्लान्ट जडान गरिसक्यौँ, प्लान्ट स्थापना भइसके पनि हाल प्लान्ट निर्माण गरिएको घरको छानो हाल्ने काम आज सकिन्छ, त्यसपछि अब दुई दिनभित्रै वितरण गर्ने तयारीमा छौँ ।’

अक्सिजन उत्पादन गर्न शुरु गरेकाले प्लान्टले अब भने अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा विगतका भन्दा धेरै सहज हुने उनको भनाइ छ । जिल्लामा शनिबार बिहान प्लान्टका निर्माण सामग्री आइपुगेपछि दिउँसोबाट जडान कार्य थालनी गरेको थियो ।

यस अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेछ  । यहाँ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेशन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने तयारी भएको साथै अस्पतालका ८३ श्ययामा नै पाइपलाइन जोड्ने अस्पतालले जनाएको छ । तत्कालका लागि भने कोरोना सङ्क्रमितलाई प्राथमिकता दिँदै २५/३० श्ययामा मात्र वितरण गर्ने अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

अस्पतालमा अक्सिजनसहितको २५ श्यया आइसोलेशनको रहेको छ । यहाँ हाल ५० अक्सिजन सिलिण्डर रहेको बताइएको छ । यहाँ यतिबेला १७ कोरोना सङ्क्रमित उपचारत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई दैनिक १७ वटा अक्सिजन आवश्यक पर्ने र पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले भने, ‘अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सरकारले गत मङ्सिर महिनामा रु ७५ लाख पठाएको थियो, सोही बेलाबाट ठेक्का प्रक्रिया शुरु गरेर रु ५५ लाखमा प्लान्ट ल्याउने जिम्मा ओटु कन्सर्नलाई दिइएको थियो ।’

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १२ : ०३ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै