गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने इमाडोलको कम्पनीमा प्रहरीको छापा « Khabarhub

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने इमाडोलको कम्पनीमा प्रहरीको छापा


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको छ । प्रहरीले आज ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको हो ।

औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग भएको पाइएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए । परीक्षणपछि प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको उनको भनाइ छ ।

कम्पनीका सञ्चालक सुनसरी घर भएका आशिष प्याकुरेल पक्राउ परेका छन् । साथै, १० ट्रक (करिब ३०/४० हजार लिटर) सेनिटाइजर पनि बरामद गरिएको छ । कम्पनी वीरगञ्जमा रहेको भनिए पनि दर्ता नदेखिएको एसपी पंगेनीले जानकारी दिए । उनले कम्पनीको आधिकारिक दर्ताबारे पनि अनुसन्धान भइरहेको बताए ।

कोरोना संक्रमण बढेसँगै सेनिटाइजर प्रयोगकर्ताको संख्या बढ्दा गुणस्तरहीन उत्पादनको बजारमा बिगबिगी बढेको छ । यसबाट उपभोक्ता भने मर्कामा परेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : २६ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै