अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ « Khabarhub

अवैध सम्बन्ध खुल्ने डरले दुई बालकको हत्या, युवक पक्राउ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बारामा प्रहरीले दुई बालकको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

दुईजना बालकको हत्या आरोपमा प्रहरीले फरमुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका रंगपुरमा जेठ ३ गते राति अब्दुल गफार अन्सारीका ९ वर्षीय छोरा अमान अन्सरी र सात वर्षीय उसमान अन्सारीको हत्या भएको थियो ।

प्रहरीले अभियुक्तको घरबाट चक्कु र रगत लागेको पेटी बरामद गरेको छ ।

उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको बाराका प्रहरी नायाव उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताए ।

बालकहरु हराएको भोलिपल्ट कलैया उपमहानरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेको पाइएपछि तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोलीले घटनास्थलको सूक्ष्म अवलोकन गरी अभियुत्तलाई पत्ता लगाएको प्रहरीले जनाएको छ ।

अब्दुल गफार अन्सारीको श्रीमतीसँग फरमुल्लाहको अवैध सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक बालकका बुवा अब्दुल गफार विगत ३ वर्षदेखि वैदेशिक रोजगारीमा छन् ।

केही समय यता अभियुक्त र मृतक बालकको आमाबीच प्रेम सम्बन्ध बनेको थियो । आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा मृतक बच्चाहरूलाई थाहा भएको र यही सम्बन्ध ढाकछोप गर्न हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

अभियुक्त फरमुल्लाहले पनि मृतक बालककी आमासँगको सम्बन्ध खुल्ने डरले हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : ३९ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर