काठ तस्करी गर्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

काठ तस्करी गर्ने दुई जना पक्राउ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– निषेधाज्ञाको मौका छोपी अवैधरुपमा वन फडानी गरी काठ ओसार पसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बालापुर वनबाट अवैध रुपमा सालको काठ कटानी गरी रातिको समयमा बलेरो जिपमा ल्याउँदै गर्दा प्रहरीले दुई जनाई पक्राउ गरेको हो ।

लु १ च ८२१३ नम्बरको को बोलेरोमा ३६ क्यूफिट सालको काठ ओसारपसार गर्ने क्रममा दिनेश थारु र विष्णु थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।

वनबाट आइतवार बिहान करिब साढे ३ बजे काठ ओसार पोसार गर्दै गरेको अवस्थामा ती युवालाई पक्राउ गरेको उनले बताए । प्रहरी निरीक्षक रिजालका अनुसार काठ ओसारपसार भैरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

सोही बलेरो जीप र दुबै जनालाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय लगिएको प्रहरीले बताएको छ ।

यता मर्चवारी गाउँपालिकाको पिप्रवहवाबाट ल्याईएको ६३ गोलिया सिसौंको काठ प्रहरीले बरामद गरेको छ । लु ३ प ८६९४ नम्बरको ट्याक्टरमा शिसौको गोलिया लोड गरी सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा अनलोड गर्ने क्रममा प्रहरीले फेला पारेको थियो ।

रातिको समयमा ल्याइएको काठ चेकजाँच गर्ने क्रममा कुनै कागजात फेला नपारेपछि प्रहरीले शिद्धार्थनगर नगरपालिका वडा नं. ११ बस्ने रसुल मियाँ र कोटहीमाई गाउँपालिका वडा नं. ६ का जितेन्द्र यादबलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : १५ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम