यूएईमा कार्यरत नेपालीले उठाए ४७ लाख « Khabarhub

यूएईमा कार्यरत नेपालीले उठाए ४७ लाख


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालमा कोरोना बिरुद्धको लडाइँमा सहयोग गर्न यूएईमा कार्यरत नेपालीहरुले आफ्नो गाँस कटाएर ४७ लाख रुपैयाँ उठाएका छन् ।

नेपालमा दोस्रो लहर कोरोना नियन्त्रणका लागि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर ‘मातृभूमि सहयोग अभियान’ संयुक्त राहत संकलन समिति संचालन गरी ४७ लाख रुपैयाँ उठाईएको यस अभियानका प्रबक्ता वेद प्रसाद अर्यालले खबरहबलाई जानकारी दिए ।

नेपालमा अक्सिजन नपाएर मृत्युदर बढेपछि युएईमा कार्यरत नेपाली श्रमिक तथा विभिन्न संघसंस्थाहरुले अक्सिजन तथा भ्याक्सिन पठाउने रकम संकलन अभियान सुरु गरेको भएपनि पछिल्लो समय नेपालमा अक्सिजन अभाव कम हुँदै गएपछि कोरोना सम्बन्धि अन्य स्वाथ्य सामग्री खरिद गरेर पठाइने प्रबक्ता अर्यालले बताए ।

कोरोना खोप खरिद गरेर पठाउने तयारी गरिएको भएपनि ‘जि टु जि’ प्रणालीबाट मात्र सम्भव हुने भन्दै तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै पीसीआर कीट लगायत अन्य स्वाथ्य सामग्री खरिद गरेर आजनै पठाउने तयारी गरिएको भएपनि थप तयारी गर्नुपर्ने भएकाले आगामी जुन ३० तारिख अर्थात असार १६ गते पठाइने उनले बताए ।

नेपालमा अक्सिजन हाहाकार भएको बेला कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान र यूएईमा काम गर्ने नेपाली श्रमिकहरुले आफ्नो गास कटाएर ७५ लाख बराबरको ५६० अक्सिजन सिलिण्डर खरिद गरेर मातृभूमिलाई सहयोग गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ११ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र