सजिउनको तरकारीका फाइदा | Khabarhub Khabarhub

सजिउनको तरकारीका फाइदा


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तराईमा मुन्गा, सहजन नामले चिनिने तरकारी जसलाई सजिउन पनि भनिन्छ यो खादाँ निकै स्वादिलो हुन्छ । रुखमा फल्ने यो तरकारीको पात, फूल र फल सबैको तरकारी खाने गरीन्छ ।

चमत्कारी वनस्पतिको श्रेणीमा पर्ने सजिउनको निरन्तर सेवनले अन्धोपना नियन्त्रण सहित अन्य धेरै रोगमा लाभ पुग्ने देखिएको छ । सजिउन प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यसमा धेरै प्रकारको औषधीय गुण हुने भएकाले यसको सेवनले धेरै रोगबाट मुक्त हुन सहयोग मिल्छ ।

सजिउनमा भिटामिन ’ए’ र ’बी’ पर्याप्त मात्रामा पाइन्छ । साथै यसमा भिटामिन ’सी’ समेत पाइन्छ । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फोस्फोरस एवं खनिज तत्व पनि प्रचूर मात्रामा पाइन्छ । सजिउनको नियमित सेवनले रक्तअल्पता र आँखाको रोगबाट आराम पाउन सकिन्छ ।

सजिउन हेमाग्लोविन बढाउनमा सहायक र एन्टिबायोटिकको गुणले युक्त हुन्छ । मुख्यतः पेट सम्बन्धी सबै प्रकारका विकार उपचारमा सजिउन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ ।

सजिउनको नियमित सेवनले कपाल र्झन समस्याबाट पनि मुक्ति पाइन्छ । गठिया र मोटाइले पीडितहरूका लागि त यो अमृत जस्तै छ । यो वायु नाशक समेत हो । साथै सजिउन खानाले बोसो कम हुन्छ । बोसो कम हूँदा मोटाइ कम हुन्छ, गठिया निको हुन्छ ।

सजिउनको सेवनले पीडा नाशकको काम समेत गर्छ । यसले सुन्निएको कम गर्छ । यसलाई वीर्यवर्द्धक समेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । आयुर्वेदका धेरै औषधि तयार गर्न सजिउनको जरो, बोक्रा, फूल, बीउ र फल उपयोग गरिन्छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ४७ बजे

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश

काठमाडौं महानगरले थाल्यो सहकारीको अनुगमन

काठमाडौं – काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त

काठमाडौं – भारतको काश्मिरको पाहलगममा भएको आतङ्ककारी आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र

पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार : अर्थमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने

तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र