गोरखामा २४ साउनसम्म निषेधाज्ञा थप | Khabarhub Khabarhub

गोरखामा २४ साउनसम्म निषेधाज्ञा थप


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा जिल्लामा यही साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले यसअघि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो पारेर निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

निषेधाज्ञाका बेला जिल्लाभित्र सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला, जात्रा तथा महोत्सव गर्न पाइने छैन । यसबाहेक सङ्ग्रहालय, रङ्गशाला, कबर्ड हल, खेलकुद मैदान सिनेमाहल, डान्स सेन्टर, ब्युटी पार्लर, शैलुन र जिमखाना सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ ।

डीसीएमसीको बैठकले जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था मिलाउनु पर्ने, चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क, पञ्जा तथा फेससिल्डको प्रयोग गर्नुपर्ने निर्णयलाई यथावत राखेको छ ।

जिल्लाभित्र विवाह, ब्रतबन्ध, एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पनि रोक लगाइएको छ । आफ्नै घरमा सञ्चालन गर्न बढीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी गर्न पाउने निर्णय डीसीएमसीको बैठकले गरेको छ ।

सेवाग्राहीको भीड हुने प्रकृतिका सरकारी कार्यालयमा आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने र बैङ्क तथा वित्तीय संस्थाले भौतिक दूरी कायम गरी सेवा प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ०१ बजे

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

काठमाडौं – जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी