गोरखामा २४ साउनसम्म निषेधाज्ञा थप « Khabarhub

गोरखामा २४ साउनसम्म निषेधाज्ञा थप


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा जिल्लामा यही साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले यसअघि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो पारेर निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

निषेधाज्ञाका बेला जिल्लाभित्र सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला, जात्रा तथा महोत्सव गर्न पाइने छैन । यसबाहेक सङ्ग्रहालय, रङ्गशाला, कबर्ड हल, खेलकुद मैदान सिनेमाहल, डान्स सेन्टर, ब्युटी पार्लर, शैलुन र जिमखाना सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ ।

डीसीएमसीको बैठकले जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था मिलाउनु पर्ने, चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क, पञ्जा तथा फेससिल्डको प्रयोग गर्नुपर्ने निर्णयलाई यथावत राखेको छ ।

जिल्लाभित्र विवाह, ब्रतबन्ध, एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पनि रोक लगाइएको छ । आफ्नै घरमा सञ्चालन गर्न बढीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी गर्न पाउने निर्णय डीसीएमसीको बैठकले गरेको छ ।

सेवाग्राहीको भीड हुने प्रकृतिका सरकारी कार्यालयमा आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने र बैङ्क तथा वित्तीय संस्थाले भौतिक दूरी कायम गरी सेवा प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ०१ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।