एमालेमा ‘तेस्रो गुट’ स्वीकारिन्न, ‘०७५ जेठ २’ मा फर्किन्न : ओली « Khabarhub

एमालेमा ‘तेस्रो गुट’ स्वीकारिन्न, ‘०७५ जेठ २’ मा फर्किन्न : ओली


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा तेस्रो गुट स्वीकार्न नसकिने बताएका छन् ।

माधव नेपाल समूहमा रहेका तर अन्तिम समयमा आएर उनलाई साथ नदिएका नेताहरुले एकताका लागि जेठ २ फर्कनुपर्ने तथा कार्यदलको सहमति अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइरहेका बेला ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।

सगरमाथा टेलिभिजनसँगको अन्तरवार्तामा ओलीले भने,’अर्को गुटबन्दीको शिलशिला कुनै पनि हालतमा स्वीकार्न सकिन्न । यो कुनै स्वस्थ प्रतिस्पर्धा हैन, गुटबन्दीको निरन्तरता हो ।’ उनले जेठ २ मा फर्कन माग गर्नेहरुले वक्तव्यबाजीमा नलागेर थपक्क पार्टीमा काम गर्नुपर्ने बताए । ओलीले ७५ जेठ २ अब नआउने प्रष्ट पारे।

‘मैले उहाँहरुलाई सोध्या छैन। थपक्क पार्टीमा काम गर्न छोडेर के को वक्तव्यबाजी?’, सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले भनेका छन् ।

ओलीले एमालेका लागि माधवकुमार नेपालको ‘च्याप्टर’ पनि अब ‘क्लोज’ भएको बताए । माधव नेपालले पार्टी छाडेर गएकोमा पनि अब नेता कार्यकर्ताले विस्मात मान्न नपर्ने उनले बताए ।

‘कोही यदि पतन भएर गयो । कोही विपक्षीसँग साठगाँठ गरेर जनताविरुद्ध गयो भने शोक गरेर, शोक मानेर बस्ने हैन । एमालेका कार्यकर्ताहरु शोकाकुल भएर बस्दैनन् । उज्जवल भविष्यको महान गन्तव्य हेरेर अघि बढ्छन्’, ओलीले भने, ‘कसैले पार्टी छोडेर गयो भन्दैमा विस्मात मान्न जरुरी छैन । रोक्न कोशिस गरिएको हो।’

माधव नेपालको च्याप्टर क्लोज

ओलीले अब माधव नेपालको ‘च्याप्टर’ उनकै पार्टीमा मात्रै ‘ओपन’ भएको बताएका छन् । नयाँ पार्टी नै खोलिसकेका व्यक्तिको चर्चा एमालेमा अब उपयुक्त पनि नुहने उनको भनाइ छ ।

उनले माओवादी शिविरमा भएको भनिएको भ्रष्टाचार आफ्नो पालामा नभएको सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नै तामेलीमा राखेको बताए ।

‘क्यान्टेन्मेन्टको विषयलाई अख्तियारले अगाडि बढाउन चाहेन । अख्तियारले तामेलीमा राखेर अलमल्याएर राख्यो । त्यसकारण त्यसमा केही विलम्ब भयो, फेरि त्यो सरकार एकल पनि त थिएन,’ ओलीले भने ।

 

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : ४३ बजे

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख

पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य

काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित