ओलीसँग निर्णायक छलफलमा तेस्रो धारका नेताहरु « Khabarhub

ओलीसँग निर्णायक छलफलमा तेस्रो धारका नेताहरु


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको साथ छोडेका तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

यसअघि विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन हुनुपर्ने भन्दै मंगलबारसम्मको अल्टिमेटम दिएका उनीहरु सोमबार अध्यक्ष ओलीसँग निर्णायक छलफलका लागि ओली निवास बालकोट पुगेका हुन्।

अहिले उनीहरुबीच सोमबार बिहान साढे १० बजेदेखि छलफल जारी छ । पार्टी विभाजन अघि माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीसँग छलफल गरिरहेका छन् ।

उनीहरुले यसअघि पार्टी विभाजन गरेका माधवकुमार नेपाललगायत १४ जना सांसदहरुमाथिको कारबाही फिर्ता लिनुपर्ने र १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने अडान राख्दै मंगलबारसम्मको समय दिएका थिए ।

मंगलबार माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा प्रस्ताव गरिएको नेकपा (समाजवादी)को सनाखत हुने भएकाले सो सनाखत अघि नै कुनै निर्णय लिनुपर्ने अवस्थामा रहेका उनीहरुले सोमबार निर्णायक छलफल गरिरहेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १२ : ५२ बजे

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,

राष्ट्रियसभामा कृषिमन्त्रीको जवाफ- अहिलेसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसक्यो

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख