अस्ट्रेलियामा एक सातामा तीन नेपाली विद्यार्थीको मुत्यु « Khabarhub

अस्ट्रेलियामा एक सातामा तीन नेपाली विद्यार्थीको मुत्यु


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियामा यसै सातामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया गएका तीन नेपाली विद्यार्थीहरुको विभिन्न कारण मृत्यु भएको हो ।

दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलियाको पर्थमा गएका रामेछाप स्थायी घर भएका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

तामाङ र लेखकले उपचारको क्रममा अस्पतालमै ज्यान गुमाएका हुन भने एक महिला आफ्नै कोठमा मृत अवस्थामा फेला परेकी हुन् ।

अध्ययनको लागि पर्थ पुगेका तामाङ केही दिनदेखि बेहोस अवस्थामा रहेको र उनको सोही स्थानको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्तिम संस्कारको लागि तामाङको शव नेपाल पठाउन एनआरएन तथा स्थानीय संघ संगठनहरुले तयारी गरिरहेका छन ।

यस्तै लिभरकी बिरामी रश्मी लेखकको पनि उपचारकै क्रममा निधन भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ४२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार