नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक | Khabarhub Khabarhub

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।

क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती मध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ । पोखरेलले क्यानबाट नगद पुरस्कारसमेत पाएका छन् ।

पपुवा न्युगिनीसँगको दुई खेलको ओडीआईको श्रृंखला र अमेरिका, ओमानसँगको त्रिकोणीय श्रृंखला खेल्न नेपाली टिम ओमानतर्फ जाँदैछ । टिम ओमान जानुअघि टिमले नयाँ जर्सी पाएको हो । ओमानमा अब नेपाली क्रिकेट टिम नयाँ जर्सीका साथ मैदानमा उत्रिने छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ५८ बजे

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य