नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक « Khabarhub

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।

क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती मध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ । पोखरेलले क्यानबाट नगद पुरस्कारसमेत पाएका छन् ।

पपुवा न्युगिनीसँगको दुई खेलको ओडीआईको श्रृंखला र अमेरिका, ओमानसँगको त्रिकोणीय श्रृंखला खेल्न नेपाली टिम ओमानतर्फ जाँदैछ । टिम ओमान जानुअघि टिमले नयाँ जर्सी पाएको हो । ओमानमा अब नेपाली क्रिकेट टिम नयाँ जर्सीका साथ मैदानमा उत्रिने छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु