पहिरोले पासाङल्हामु राजमार्ग अवरूद्ध | Khabarhub Khabarhub

पहिरोले पासाङल्हामु राजमार्ग अवरूद्ध


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारी वर्षासँगै आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्व भएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो ।

नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी शुरू भइरहेको बताइएको छ ।

राजमार्ग अवरूद्ध हुँदा दर्जनौँ सवारीसाधन बीचबाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिकरूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुञ्चे ल्याउन समस्या उत्पन्न भएको छ ।

आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुञ्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर नहुँदा पहिरो पन्छाउन समस्या उत्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ । धुञ्चेमा उपकरण भएको र चालक भने काठमाडौँतर्फ गएको ट्राफिक प्रहरीको भनाइ छ ।

पछिल्लो जानकारीअनुसार स्याफ्रुबेँसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मङ्गलबारसम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्वता गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । राजमार्ग खोल्नका लागि स्याफ्रुबेँसीतर्फ रहेका उपकरण ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : ०१ बजे

सुदूरपश्चिम रोयल्सको ‘कन्फिडेन्स’ पार्टनर बन्यो फोलिड्रम

काठमाडौं– फोलिड्रम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि

मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस : सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन

काठमाडौं- सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक

जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी

अछाम- जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका