पंजशीर उपत्यका घेराबन्दी गरेको तालिबानको दावी « Khabarhub

पंजशीर उपत्यका घेराबन्दी गरेको तालिबानको दावी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलसहित देशका धेरैजसो सहर कब्जामा लिएको तालिबानले पंजशीर उपत्यकालाई घेराउ गरेको दावी गरेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले पंजशीरलाई तीनतर्फबाट घेराउ गरिएको दावी गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।

तालिबानले कहिल्यै नियन्त्रणमा लिन नसकेको सो उपत्यकामा पूर्ववर्ती सरकराका उपराष्ट्रपति उमरुल्ला सालेहसमेत मुजाहिदिन संगठनहरु तालिबानविरुद्ध एकीकृत भइरहेका छन् । सोमबार बिहानै तालिबानले आफ्ना लडाकुहरुलाई पंजशीर कब्जाका लागि पठाइएको जानकारी दिएको थियो । सोमबार दिउँसो तीनतर्फबाट सो उपत्यकालाई घरेबन्दी गरेको बताएको हो ।

तालिबानले पंजशीरका विषयमा पूर्ववर्ती सरकार समर्थक सेनासँग पनि वार्ता चलिरहेको बताएको छ । तालिबान प्रवक्ताले कुनै रक्तपात नचाहेको बताएका छन् । तर उपराष्ट्रपति सालेहले भने तालिबान लडाकुलाई पंजशीरबाट टाढा रहन चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार तालिबान विरोधीहरु पंजशीरमा तालिबानविरुद्ध यद्धको तयारी गरिरहेका छन् ।

९० को दशकमा अफगानिस्तानमा तालिबान सरकार हुँदा पनि पंजशीर उपत्यका भने तालिबानको नियन्त्रणमा थिएन । अहिले पनि राष्ट्रपति अश्रफ घानी भागेर यूएई पुग्दा उपराष्ट्रपति सालेह भने पंजशीर पुगेका छन् । उनले आफू नै कार्यबाहक राष्ट्रपति भएको घोषणा गरेका छन् । (एजेन्सी)

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : ५४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक