निर्धारित मितिमै कांग्रेस महाधिवेशन गर्न जोड « Khabarhub

निर्धारित मितिमै कांग्रेस महाधिवेशन गर्न जोड


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको संस्थापन इतर पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको बैठकले निर्धारण गरेको मितिभन्दा ढिला भएकामा ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

बैठकमा निर्धारित समयमै क्रियाशील सदस्यताको काम र महाधिवेशन हुनुपर्ने तथा आफ्नो पक्षबाट महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको नेता बलबहादुर केसीले जानकारी दिए ।

नेताहरूबीच पार्टीको सैद्धान्तिक र सङ्गठनात्मक रूपमा गर्नुपर्ने विविध विषय र भावी दिनमा पार्टीलाई थप सशक्त नेतृत्वको आवश्यकताका बारेमा छलफल भएको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, अर्जुननरसिंह केसी, केसी, सुजाता कोइराला, शेखर कोइराला उपस्थित रहेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ६ : १४ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको