चन्द्रागिरि पुगेर नेता नेपालले भने : केही साथीहरु ओलीको जालझेलमा परे « Khabarhub

चन्द्रागिरि पुगेर नेता नेपालले भने : केही साथीहरु ओलीको जालझेलमा परे


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रस्तावित दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूपक्षीय कार्यदलका सदस्यसहित केही नेताहरु केपी ओलीको जालझेल र षडयन्त्रमा फसेको बताएका छन् ।

सोमबार साँझ चन्द्रागिरिमा केन्द्रीय सदस्य र सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य उनकै जालझेलमा परेको बताएका हुन् ।

आफूहरुको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरु पनि लागि परेको बताए।

सम्बोधनका क्रममा नेपालले भने, ‘यसपाली पनि केही साथी ओलीको जालझेलमा फसेका छन्, उनीहरुका ‘बा’ के के कुरा मान्न तयार भएका रहेछन् एकदुई दिनमै देखिन्छ।’

नेपाल पक्षीय नौ नेताहरुले आज ओली निवास बालकोटमा भएको छलफलमा ‘आफूहरु एमालेमा नै रहेको र आगामी दिनमा पनि एमालेमा नै रहेने’ बताएपछि नेता नेपालले आफू निकटहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

नेता नेपालले ओली पार्टी एकताबारे छलफलका लागि तयार भए र आफूहरुले भनेको माने नयाँ दल दर्तापछि वार्ताका लागि आफू तयार रहेको समेत बताएका छन्।

नेपालसहित केन्द्रीय सदस्य र सांसदहरु सोमबार साँझ पार्टीको राजनीतिक दस्तावेज र अन्तरिम विधानबारे छलफल गर्न चन्द्रागिरि पुगेका हुन्। निर्वाचन आयोगले दल दर्ताका लागि नेताहरूलाई बुधबार समय दिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : ११ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि