युरोपियन युनियन फिल्म फेस्टिभलमा हरित चलचित्रकर्मको मास्टरक्लास « Khabarhub

युरोपियन युनियन फिल्म फेस्टिभलमा हरित चलचित्रकर्मको मास्टरक्लास


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म निमार्ण गर्ने प्रक्रियाले वातावरणमा नकारात्मक असर भन्ने तथ्यलाई मध्यनजर गर्दै युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्म अर्थात ग्रीन फिल्म मेकिङबारे भर्चुअल मास्टरक्लास आयोजना गर्ने भएको छ ।

मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) २०२१ अन्तर्गतको एउटा कार्यक्रमको रुपमा आयोजना गरिन लागेको हो । मास्टरक्लास यही असोज ८ गते दिउसो २ बजे आयोजना गरिने छ ।

यस मास्टरक्लासमा हरित फिल्म मूल्यांकन प्रणाली निर्देशिका बमोजिम फिल्म निर्माणस्थललाई कसरी बढी दिगो बनाउन सक्छन् भन्ने बारेमा निर्माता तथा निर्माणमा संलग्नहरूले व्यवहारिक रूपमा के काम गर्न सक्छन् भन्नेबारे सहभागीहरूले जान्ने मौका पाउनेछन् ।

उनीहरूले श्रव्यदृश्यका कामहरूलाई वातावरणीय दिगोपनको हरित चलचित्र प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियाहरूको बारेमा, त्यसमा संलग्नहरूको बारेमा पनि जान्नेछन् । त्यसका साथै विभिन्न देशहरूमा चलचित्र सह–निर्माण गर्नका लागि ग्रीन फिल्ममेकिङ्गको प्रमाणिकरण लिए नेपाली चलचित्रकर्मी तथा निर्माण कम्पनीहरुलाई के फाइदा हुन सक्छ भन्नने कुराको पनि चर्चा गरिने छ ।

मास्टरक्लासको प्रशिक्षक डा. अल्बर्टो बाट्टोची रहेका छन् भने भ्यालरियो कारुसोले सहजीकरण गर्ने छन् । मास्टरक्लासमा फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अतिथि बक्ताका रुपमा आफ्नो मन्तव्य राख्ने छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ३ : १५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।