ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी « Khabarhub

ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा सुरुआती दुई खेल मात्र खेल्ने पनि जानकारी दिए ।

अफ्रिदी ईपीएलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स—११ बाट खेल्नेछन् । किंग्सले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल शनिबार हुनेछ ।

नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन्। लिगमा यस अघिको संस्करणहरुमा श्रीलंकाका फर्भेज महरुफ, दक्षिण अफ्रीकाका रिचर्ड लेभी तथा टेस्ट राष्ट्र आयरल्याण्डका केभिन ओ ब्रायन, पल स्टरलिंग जस्ता खेलाडीहरु खेलेका थिए।

यो सिजन पनि बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, जिम्बाब्वेका सिकन्दर राजा, रायन बर्ल, अफगानिस्तानका मोहम्मद शाहजाद, दक्षिण अफ्रीकाका रिचर्ड लेभी, वेस्टइन्डिजका केसरिक विलियम्स, चन्द्रपौल हेमराज जस्ता खेलाडीहरु ईपीएल खेल्दैछन्।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु