अभिनेत्री मीनू मुमताजको निधन « Khabarhub

अभिनेत्री मीनू मुमताजको निधन


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडकी दिग्गज अभिनेत्री मीनू मुमताजको ७९ वर्षको उमेरमा क्यानाडामा निधन भएको छ । उनका भाई अनवर अलीले उनको निधनको पुष्टि गरेका छन् ।

मीनू बलिउडको दिग्गज कलाकार एवं कमेडियन महमूदकी बहिनी थिइन् । २६ अप्रिल १९४२ मा मीनूको जन्म भएको थियो । उनले बाल्यकालदेखि नै नृत्यको तालिम लिएकी थिइन् । महमूदको पुरा परिवार नै फिल्म लाइनसँग जोडिएकाले उनी पनि फिल्ममा आएकी थिइन् ।

उनलाई देविका रानीले फिल्ममा ब्रेक दिएकी थिइन् । देविकाले मीनूलाई बाम्बे टाकिजमा नर्तकीका रुपमा राखेकी थिइन् । उनले फिल्म ‘घर घर में दिवाली’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म सन् १९५५ मा रिलिज भएको थियो । फिल्ममा उनले गाउँमा बस्ने एक नर्तकीको भूमिका निर्वाह गरेकी थिइन् । तर यो फिल्मबाट उनले खासै सफलता पाउन सकिनन् ।

फिल्म ‘सखी हातिम’बाट उनले सफलता पाइन् । यसमा उनले जलपरीको भूमिका निभाएकी थिइन् । सन् १९५८ मा रिलिज फिल्म ‘हावडा ब्रिज’मा साखे भाइ महमूदसँग रोमान्स गरेकी थिइन् । भाइसँग रोमान्स गरेको देखेर दर्शकहरु निकै भड्किएका थिए ।

मीनूको जोडी सबैभन्दा बढी कमेडियन जोनी वाकरसँग जमेको थियो । दुवैले कैयौं फिल्ममा सँगै काम गरेका थिए । उनले कमेडी र सहायक चरित्रबाट निकै लोकप्रियता पाइन् ।

उनले सन् १९६३ मा निर्देशक सैयद अली अकबरसँग विवाह गरेकी थिइन् । उनको स्वास्थ्य बिग्रिएपछि चिकित्सकले उनलाई ट्युमर भएको बताएका थिए । तर अपरेसनपछि उनी स्वस्थ भइन् । त्यसपछि उनी क्यानाडामा नै बस्न थालिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ५० बजे

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत

विजय र स्वस्तिमा उत्कृष्ट घोषित

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

बागलुङ– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन ९मोडिफाइ० गरी

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको