उपमेयर कप महिला लिगका लागि धनकुटाको टोली काठमाण्डौ प्रस्थान « Khabarhub

उपमेयर कप महिला लिगका लागि धनकुटाको टोली काठमाण्डौ प्रस्थान


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता लागि धनकुटा नगरपालिकाको टोली काठमाण्डौ प्रस्थान गरेको छ। ४ गतेदेखि सुरु भएको लिगमा भाग लिन टोली काठमाण्डौ प्रस्थान गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रुपमा आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण एन्फा कम्प्लेक्स सातदोबाटो भइरहेको छ। धनकुटा नगरपालिकाको २५ जनाको टोली प्रस्थान गरेको हो।

धनकुटा फुटबल संघको सहकार्यमा धनकुटा नगरपालिकाले खेलाडि छनौट गरेको हो। काठमाण्डौ रहेको टोलिलाई सबै व्यवस्थापन धनकुटा नगरपालिकाले गर्ने जनाइएको छ।

धनकुटा नगरपालिकाको टोली आगमाी १० गते कैलालीको धनगढी नगरपालिकासँग र १४ गते गोकर्णेश्वर नगरपालिका काठमाडौँसँग प्रतिष्पर्धा गर्ने जनाइएको छ।

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा सहभागी ३१ टोली सहभागि रहेको र ती टोलीलाई १० समूहमा विभाजन गरिएको एन्फाले जनाएको छ। जसमा समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन। समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन। २२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछन। फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन।

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय ९नेपाल पुलिस, आर्मी, एपीएफ० सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन। दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन्। यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ। फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ। यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन। यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : ०६ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा