चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर « Khabarhub

चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको पोखरा महानगरपालिकाको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो ।

उपचारपछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ ।

बैठकमा सहभागी भए पनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षर गरेनन् । बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफूखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको हो । यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताए ।

‘एजेण्डामा हामीले सुझाव दिन्छौं । कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन । महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग भयो,’ उनले भने, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं । हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं ।’ आफूहरुले विश्वास गरेर हस्ताक्षर गरे पनि त्यसको दुरुपयोग गरेको उनको आरोप छ ।

उनीहरुले महानगरले बैठकअघि समयमा एजेण्डा पनि नदिएको आरोप लगाएका छन् । ‘एजेण्डा बैठकको अघिल्लो दिन मात्रै आउँछ । अध्ययन र आन्तरिक रुपमा छलफल गर्ने समय पनि हुँदैन,’ अर्का वडाध्यक्ष शंकर बास्तोलाले भने, ‘समयमा एजेण्डा नपाए बैठकमा गएर के बोल्ने ? के सुझाव दिने ?’, बैठककै समयमा पनि कांग्रेस तर्फका ११ वडाध्यक्षहरुले विरोध जनाएका थिए ।

बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ । जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । यसअघि पनि १० लाख निकासा दिइसकिएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ४ : ४६ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध