सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति « Khabarhub

सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । शनिबार देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन, वडा वडामासमेत अधिवेशन हुन सकेनन् ।

जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने पार्टीभित्रको अन्तरसंघर्षले चारवटा वडामा अधिवेशन हुन नसकेको हो ।

केन्द्रमा भएको १० बुँदे सहमतिअनुसार पार्टी चल्नुपर्ने अडान लिएका स्थानीय नेताले वडा अधिवेशनमा आफ्नो वर्चश्व कायम राख्न पनि अलग अलग अधिवेशन सम्पन्न गरेका हुन् । धरान ८, ५, १० र ११ मा अध्यक्ष केपी ओली पक्ष र नेता भीम आचार्य पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर नयाँ नेतृत्व चुनेका छन् । अधिवेशनबाट पार्टी एकै होला भन्ने आस गरेका कार्यकर्ता पार्टीमा पुरानै समस्या दोहोरिएपछि निराश बनेका छन् ।

किन भएन एकै स्थानमा अधिवेशन ?

केन्द्रमा १० बुँदे सहमतिअनुसार नै जिल्लामा पनि जेठ २ अघिको कमिटी आधिकारिक कि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको कमिटी आधिकारिक भन्ने विवाद हो ।

जेठ २ अघिको कमिटीले मान्यता पाउँदा नारायण सुवेदी धरान उपमहानगर अध्यक्ष रहेको कमिटीले आधिकारिकता पाउँछ । तत्कालीन केपी शर्मा ओली र माधव नेपाल पक्षको विवाद भएको थियो । सोही अनुरूप सुवेदी नेतृत्व पक्ष कमिटी आन्दोलनमा गएपछि धरानमा हर्कजंग एभेङको अध्यक्षतामा धरानमा कमिटी गठन भएको थियो । सोही कमिटीले वडा कमिटीहरू गठन गरेर गतिविधिहरू गरिरहेको छ ।

सुबेदी र एभेङ समूहले आफ्नो आफ्नो पकट बनाउन वडाका अध्यक्षमा आफूले चाहेको व्यक्ति अधिवेशनबाट छानिनुपर्ने भन्दै अडान राखेपछि विवादले उग्र रूप लिएको छ । हाल रहेका नगर अध्यक्ष एभेङले अधिवेशनमा पनि २ जेठको विषय उठाउनुले पार्टीमा समस्या परेको बताए ।

नयाँ नेतृत्व आएपछि पुराना कुरालाई बिर्सिएर अघि बढ्नुको सट्टा १०–१२ जना भेला गरेर कमिटी निर्माण गर्नुले पार्टीभित्र बखेडा निम्त्याएको उनको भनाइ छ । तर यता २ जेठलाई आधार मानेर संघर्ष गरिरहेका सुबेदी भने पार्टीमा देखिएको अवरोध हटाउन केन्द्रदेखि नै लाग्नु पर्ने बताउँछन् । अन्य जिल्लामा २ जेठअनुसार नै जिल्ला, नगरका पदाधिकारी छन् । सुनसरीमा नयाँ समिति बनाएर पार्टीको निर्देशन नमान्नुले नगरमा पनि उस्तै समस्या निम्तिएको उनको भनाइ छ ।

जिल्लामा पनि उस्तै

यो विवाद धरानमामात्र होइन, जिल्ला कमिटीमा पनि कुन कमिटी आधिकारिक हो भन्ने लफडा छ । २ जेठअघिको कमिटीलाई मान्ने हो भने रमेश बस्नेत अध्यक्ष रहेको कमिटी हुन्छ । तर, संसद् विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा गएपछि जिल्लामा पार्टी नेतृत्व विहीन बन्यो । सोही समयमा रेवती रमण भण्डारी अध्यक्ष रहेको अर्को कमिटी गठन भएको थियो । पार्टीको कार्यमा यो कमिटी क्रियाशील छ ।

जिल्ला कमिटीले अलग अलग विज्ञप्ति जारी गर्दै आफू आधिकारिक भएको दाबी गरेका छन् । सोही कमिटी मातहतको वडा अधिवेशन मात्र आधिकारिक हुने पनि जिकिर गरेका छन् । एकातर्फ जिल्ला अध्यक्षे दुवैले आफ्नो अडान छाडेका छैनन् । अर्कातर्फ नेतृत्व तहको हानथापले आम कार्यकर्ता भने निराश र दुखी बनेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : १८ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान