सर्जियो रामोस म्यानचेस्टर सिटीविरुद्ध उपलब्ध हुने « Khabarhub

सर्जियो रामोस म्यानचेस्टर सिटीविरुद्ध उपलब्ध हुने


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ । बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पीएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो ।

च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पीएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो । यसै सिजन स्पेनिस महारथी रियल मड्रिडबाट पेरिस झरेका स्पेनिस डिफेन्डर रामोस चोटका कारण मैदान बाहिर रहेका थिए।

प्रशिक्षक माउरिसियो पोचेटिनोले रामोससहित स्टार खेलाडी लियोनल मेस्सी, नेयमार जुनियर, केलियन एमबाप्पेलगायतलाई टोलीमा समावेश गरेका छन् । समूह ‘जी’ मा ४ खेल सकिँदा सिटी शीर्षस्थानमा छ । तीन जित र एक हार ब्यहोरेको सिटीसँग ९ अंक छ ।

दुई जित र दुई बराबरसहित अपराजित रहेको पीएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । यस्तै क्लब ब्रुर्ग र आरबी लाईपजिग क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र