सर्जियो रामोस म्यानचेस्टर सिटीविरुद्ध उपलब्ध हुने « Khabarhub

सर्जियो रामोस म्यानचेस्टर सिटीविरुद्ध उपलब्ध हुने


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ । बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पीएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो ।

च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पीएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो । यसै सिजन स्पेनिस महारथी रियल मड्रिडबाट पेरिस झरेका स्पेनिस डिफेन्डर रामोस चोटका कारण मैदान बाहिर रहेका थिए।

प्रशिक्षक माउरिसियो पोचेटिनोले रामोससहित स्टार खेलाडी लियोनल मेस्सी, नेयमार जुनियर, केलियन एमबाप्पेलगायतलाई टोलीमा समावेश गरेका छन् । समूह ‘जी’ मा ४ खेल सकिँदा सिटी शीर्षस्थानमा छ । तीन जित र एक हार ब्यहोरेको सिटीसँग ९ अंक छ ।

दुई जित र दुई बराबरसहित अपराजित रहेको पीएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । यस्तै क्लब ब्रुर्ग र आरबी लाईपजिग क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : ३५ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका