इन्टरलाई शीर्ष स्थानमा चार अंकको अग्रता « Khabarhub

इन्टरलाई शीर्ष स्थानमा चार अंकको अग्रता


८ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टोरिनोलाई १-० अन्तरले पराजित गर्दै इन्टर मिलानाले इटालीयन सिरी ए मा शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

बुधबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा ३०औँ मिनेटमा डेनजल डम्फ्रिजले गरेको गोलनै इन्टरको लागि तीन अंक पर्याप्त बन्यो।

अन्य खेलमा एसी मिलानले इम्पोलीलाई ४-२ अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रह्यो । नेपोली भने स्पेजियासँग १–० ले स्तब्ध बन्यो ।

घरेलु मैदानमा रोमा साम्पडोरियासँग १–१ को बराबरीमा रोकिँदा हेलास भेरोना र फ्लोरेन्टिनाले समेत सोहि नतिजा निकाले ।

लाजियोले १० खेलाडीमा सिमित भेनेजियालाई ३–१ ले पराजित गर्दा बोलोग्नाले सासुओलोलाई ३–० ले पराजित गरेकाे छ ।

जितसँगै इन्टर १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान ४२ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अंकको नेपोली तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र