लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र « Khabarhub

लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ–जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष चार हजार ३८८ तथा महिला तीन हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन् । चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि हालसम्म दुई हजार ३७६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । यीमध्ये ९८७ महिला र एक हजार ३८९ पुरुष छन् । त्यस्तै, गत आवमा पाँच हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । यीमध्ये महिला दुई हजार ३८१ र पुरुष दुई हजार ९९९ रहेको मिश्रले बताए ।

चार÷चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले परिचयपत्र बनाउँदै जिल्लामा अभियानको सुुरुआत गर्नुभएको थियो । परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । सोह्र वर्ष उमेर पुगेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : ३० बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री