खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुगेन « Khabarhub

खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुगेन


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट–हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन । सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित बिक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो ।

यसपटक वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएका कारण खार्पुनाथमा खाद्यान्न समस्या हुने देखिएको स्थानीयवासी बताउँछन् । स्थानीय उत्पादन कम हुनु, खाद्यान्न आयात नहुनु र लिमिटेडको खाद्यान्न पनि ढुवानी हुन नसक्दा खार्पुनाथमा खाद्यान्नको चर्को समस्या देखिएको वडा नं २ थालीका स्थानीयवासी लामा रावलले बताए । उनले भने, ‘वडा नं २ थालीका ३०० घर रहेका छन्, उनीहरुसहित अन्य वडाका स्थानीयवासीले पनि वर्ष दिन खाद्यान्न नपाउँदा प्रत्यक्ष समस्यामा परेका छन् ।’

वर्षको एकपटक मात्रै गएको असार महिनामा थालीका ३०० घरधुरीलाई ३० केजीका दरले प्रतिघरधुरीलाई एक बोराबाहेक त्यसयता खाद्यान्न वितरण नभएको उनको भनाइ छ । खार्पुनाथको याङ्चु बजारस्थित बिक्री केन्द्रमा यहाँका लागि आवश्यक पर्ने ५०० क्विन्टल खाद्यान्न अहिलेसम्म ढुवानी हुन नसकेपछि यहाँका नागरिक चामल पाउनबाट बञ्चित हुनुपरेको हो । त्यस्तै गाउँपालिकाले समेत खाद्यान्न ढुवानीका लागि कुनै पहल नगरेको उहाँको भनाइ छ ।

हुम्लाका अधिकांश डिपो र बिक्री केन्द्रमा ढुवानीको जिम्मा लिएका ठेकेदारको लापरवाहीका कारण स्थानीयवासीले पाउनुपर्ने खाद्यान्न पाउन नसकेका हुन् । यस्तै जिल्लाको दक्षिणी भेगका सर्केगाड डिपो, छप्रेला, श्रीनगरलगायतका बिक्री केन्द्र तथा डिपोमा यतिबेला खाद्यान्न अभाव भएको छ । विकट जिल्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगर्दा दक्षिण भेगमा खाद्यान्नको थप सङ्कट निम्तिने देखिएको छ ।

खार्पुनाथ गाउँपालिकाबाट दक्षिण भेगमा रहेका बिक्री केन्द्र तथा डिपोका लागि पैदलमार्ग भएर खाद्यान्न ढुवानी हुँदै आएको छ । अब पुस, माघमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा अत्यधिक हिमपात हुने गर्दछ । त्यसपछि सडक अवरुद्ध भएपछि ढुवानी हुने खाद्यान्न रोकिने गर्दछ । ठेकेदारको चरम लापरवाही र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटको बेवास्ताका कारण यहाँका नागरिकले वर्षैपिच्छे खाद्यान्नको समस्या झेल्दै आउनुपरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  २ : २७ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री