चिट चोर्न नदिएको भन्दै प्रध्यापकमाथि कुटपिट गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्कासित « Khabarhub

चिट चोर्न नदिएको भन्दै प्रध्यापकमाथि कुटपिट गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्कासित


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परीक्षामा सार्न नदिएको भन्दै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा प्राध्यापकमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।

क्याम्पसमा सञ्चालित आन्तरिक (प्रयोगात्मक) परीक्षाका क्रममा पुस ६ गते सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले प्राध्यापकमाथि स्टिलको जग प्रहार गरी आक्रमण गरेका थिए ।

जेठाराको आक्रमण प्राध्यापक प्रकाश पुडासैनी घाइते भएका थिए । उनको टाउको ६ टाँका लगाउनु परेको थियो ।

बिहीबार एक सूचना प्रकाशित गर्दै क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीले विद्यार्थी जेठारालाई क्याम्पसबाट निष्कासन गरिएको र उनीविरुद्ध कानुनी कारबाही अगाडि बढिसकेको जानकारी दिएका छन् ।

विद्यार्थीले प्राध्यापकमाथि आक्रमण गरेपछि क्याम्पसका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । जेठारालाई क्याम्पसले निष्कासन गरेपछि आन्दोलनमा रहेका प्राध्यापकहरु नियमित काममा फर्किएका छन् ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : ५५ बजे

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

ख्वप– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म