धनगढीमा तय क्यानको साधारणसभा स्थगित « Khabarhub

धनगढीमा तय क्यानको साधारणसभा स्थगित


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को यहि पुस १४ र १५ गते धनगढीमा गर्ने तय गरिएको वार्षिक साधारणसभा स्थगित भएको छ ।

क्यानले बिहीबार राति साधारणसभा स्थगित गरिएको सूचना जारी गरेको छ । साधारणसभा केही जिल्लाको ४ वर्षे कार्यकाल पूरा भएको र जिल्लाहरुबाट अधिवेशन पश्चात मात्रै केन्द्रीय साधारणसभा हुने बताएको छ । यस्तै क्यानले नयाँ मिति तय गरी साधारणसभा गर्ने जनाएको छ ।

‘वार्षिक साधारणसभा नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नका लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी नेपाल क्रिकेट संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ क्यानले भनेको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : १५ बजे

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला