महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिंसाका पूजारी महात्मा गान्धीकी पत्नीलाई रक्तश्रावको समस्या थियो । त्यसको निदानका लागि धेरै औषधि गर्दा पनि ठीक भएन ।

गान्धीले आफ्नी पत्नीलाई नुन  दाल नखान कर गरे, तर पत्नीले मानिन् ।

अति भएपछि पत्नीले भनिन्— ‘तपाईं पनि कसैले दाल र नून छाड भन्यो भने छाड्न सक्नुहुन्छ ?’

‘अवश्य सक्छु । तिम्रा लागि म आजैदेखि एक वर्षसम्म दाल र नुन खानेछैन ।’

गान्धीको कुरा सुनेर पत्नीलाई ज्यादै दुःख लाग्यो र भनिन्— ‘म आजैदेखि दाल र नुन छोड्छु । कृपया आफ्नो वचन फिर्ता लिनुहोस् ।’

गान्धीले दृढ स्वरमा भने— ‘तिमीले छोड्यौ भने तिम्रा लागि राम्रो हुनेछ, तर मेरो वचन भङ्ग हुन सक्तैन ।’

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ५९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा