महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिंसाका पूजारी महात्मा गान्धीकी पत्नीलाई रक्तश्रावको समस्या थियो । त्यसको निदानका लागि धेरै औषधि गर्दा पनि ठीक भएन ।

गान्धीले आफ्नी पत्नीलाई नुन  दाल नखान कर गरे, तर पत्नीले मानिन् ।

अति भएपछि पत्नीले भनिन्— ‘तपाईं पनि कसैले दाल र नून छाड भन्यो भने छाड्न सक्नुहुन्छ ?’

‘अवश्य सक्छु । तिम्रा लागि म आजैदेखि एक वर्षसम्म दाल र नुन खानेछैन ।’

गान्धीको कुरा सुनेर पत्नीलाई ज्यादै दुःख लाग्यो र भनिन्— ‘म आजैदेखि दाल र नुन छोड्छु । कृपया आफ्नो वचन फिर्ता लिनुहोस् ।’

गान्धीले दृढ स्वरमा भने— ‘तिमीले छोड्यौ भने तिम्रा लागि राम्रो हुनेछ, तर मेरो वचन भङ्ग हुन सक्तैन ।’

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरूपुस्तकबाट

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ५९ बजे

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त