विश्वकै सबैभन्दा महंगो ‘रोयल गोल्ड बिर्यानी’, एक प्लेटकै मूल्य २० हजार « Khabarhub

विश्वकै सबैभन्दा महंगो ‘रोयल गोल्ड बिर्यानी’, एक प्लेटकै मूल्य २० हजार


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राज्य इमिरेट्स युएईको दुबईमा एक रेष्टुरेन्टले ग्राहकका लागि विशेष किसिमको बिर्यानी ल्याएको छ । बाम्बे बरो नामको उक्त रेष्टुरेन्टले रोयल गोल्ड बिर्यानी ल्याएको हो ।

यो बिर्यानी यस कारण पनि विशेष छ कि एक प्लेट बिर्यानीको मूल्य करिब २० हजार रुपैयाँ पर्छ ।

उक्त रेष्टुरेन्टले यो बिर्यानीलाई दुबईकै सबैभन्दा विशेष भनेको छ ।

किन यति महंगो ?

बाम्बे बरो रेष्टुरेन्टले रोयल गोल्ड बिर्यानीमा २३ क्यारेट खाद्य सुनको प्रयोग भएको दावी गरेको छ । खाद्य सुन अर्थात खान योग्य सुनको वर्कले बिर्यानीलाई आकर्षक बनाउने छ ।

अडर गर्नु अघि बिर्यानीको चामल छान्न पाइने

बिर्यानीमा कुन किसिमको चामल प्रयोग गर्न तपाईं चाहनु हुन्छ रु रेष्टुरेन्टले यसको चयन गर्ने अवसर तपाईंलाई दिएको छ । चामलको किसिम तपाईंले चयन गरेपछि मात्रै बिर्यानी तयार गरिन्छ ।

गोल्ड लिफ कबाबसँगै थुप्रै किसिमका परिकार

तपाईंको प्लेटमा बिर्यानीका साथै अन्य थुप्रै किसिमका परिकार पनि उपलब्ध हुनेछन् । कश्मीर ल्याम्ब, दिल्ली चप्स, राजपूत चिकेन कबाब, मुगलई कोफ्ता र मलाई चिकेन रोस्ट तपाईंले प्राप्त गर्न सक्नु हुनेछ ।

प्लेटमा मात्रै ३ किलो चामल हुनेछ

रेष्टुरेन्टका अनुसार बिर्यानीमा चामलको तौल मात्रै ३ किलो हुनेछ । यसलाई एक्लैले खाना मुस्किल पर्नेछ । बिर्यानीको अडर पनि तपाईंले कम्तिमा ४५ मिनेट अगाडि नै गर्नु पर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ५५ बजे

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६