बलियो नेपाल कप क्रिकेट प्रतियोगिता हुँदै « Khabarhub

बलियो नेपाल कप क्रिकेट प्रतियोगिता हुँदै


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशमा बलियो नेपाल कप प्रतियोगिता हुने भएको छ ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गदै उनीहरुलाई दक्ष खेलाडी बनाउने अवसर सिर्जना गर्नु प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य रहेको आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ बर्ष मुनिका खेलाडीहरू बिच अन्तरजिल्ला क्रिकेट प्रतिस्पधा गराइनेछ । १२ वटै जिल्लास्थित क्रिकेट संघमार्फत् खेलाडी छनौट कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

छनौट भएका खेलाडीहरूलाई क्रिकेट संघहरूको सिफारिसमा प्रतिस्पर्धामा समावेश गरिनेछ ।यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरष खेलाडिहरुलाई आगामि दिनमा क्रिकेट सम्बन्धि विभिन्न कार्यक्रमहरुमा समावेश गरिनेछ ।

खेलाडी छनौट कार्यक्रम आगामी मार्च २५ देखि २८ सम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा हुनेछ । त्यस्तै प्रतियोगिता आगामी अप्रिल ३ देखि १० सम्म दाङको लमहीमा हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : २४ बजे

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा