भारतमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड, एकैदिन ३ लाख ४५ हजारमा संक्रमण | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड, एकैदिन ३ लाख ४५ हजारमा संक्रमण

थप कदमबारे मुख्यमन्त्रीसँग प्रधानमन्त्री मोदीको छलफल


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।

दिल्लीमा मात्रै ३४८ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३४८ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संक्रमण बढेपछि दिल्लीमा एक हप्ताको लकडाउन गरिएको छ।

सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

चुनावी सभामा प्रतिबन्ध

कोरोनाभाइरसको सङ्क्रमण अस्वाभाविक रूपमा बढेपछि भारतको निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले यस्तो कदम चालेको हो ।

निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पनि जनाएको छ।

महामारीबाट अत्यन्तै प्रभावित मध्येको राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन चरम अभाव भएको चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मोदीले गरे मुख्यमन्त्रीहरूसँग छलफल

महामारी दिनप्रति दिन तीव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका दिल्ली, महाराष्ट्रसहितका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

“कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु, ” मोदीले भने ।

उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ५६ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक