त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै « Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन् ।

खेल दिउँसो १:१५ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपाल नेदरल्यान्ड्सलाई हराउँदै उपाधि हात पार्न चाहन्छ ।

नेदरल्यान्ड्स पनि नेपालकै घरेलु मैदानमा आफू उपाधि जित्ने दाउमा छ ।

कुन टोली बलियो ?

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग १० टी-ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ ।

नेपालले ३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजा विहीन भएको थियो ।

यस सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लय समाउन चाहान्छ ।

नेदरल्यान्ड्स भने सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको  नतिजा दोहोर्‍याउन चाहन्छ ।

नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।

नेपाली टोलीका लागि दुई युवा ब्याट्सम्यान कुशत भुर्तेल र आसिफ शेख टिकेको खण्डमा खेल जित्न सकिने अपेक्षा नेपाली टोलीको छ ।

सिरिजमा उत्कृष्ट ओपनिङ जोडीको रुपमा देखिएका दुई ब्याट्सम्यान नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा पनि ओपनिङमा पर्ने सम्भावना छ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध नै डेब्यु गरेको यी दुई जोडीले कीर्तिमानी खेल खेलेका छन् ।

कुशल जारी सिरिजमा सर्वाधिक स्कोर कर्ता हुन् । उनले नेपालका लागि सिरिजमा ४ खेलमा २ सय १ रन जोडेका छन् ।

आसिफले १ सय ३८ रन जोड्दै सिरिजमा सर्वाधिक रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् ।

नेपालका लागि वलिङमा सन्दीप लामिछाने मुख्य हतियार हुन सक्छन् ।

अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अनुभव बटुली सकेका सन्दीपले जारी सिरिजका चार खेलबाट ११ विकेट लिएका छन् ।

उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा चार ओभर बलिङ गर्दै दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा चार ओभरमा ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ०१ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला