त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै « Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन् ।

खेल दिउँसो १:१५ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको नेपाल नेदरल्यान्ड्सलाई हराउँदै उपाधि हात पार्न चाहन्छ ।

नेदरल्यान्ड्स पनि नेपालकै घरेलु मैदानमा आफू उपाधि जित्ने दाउमा छ ।

कुन टोली बलियो ?

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग १० टी-ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ ।

नेपालले ३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजा विहीन भएको थियो ।

यस सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लय समाउन चाहान्छ ।

नेदरल्यान्ड्स भने सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको  नतिजा दोहोर्‍याउन चाहन्छ ।

नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।

नेपाली टोलीका लागि दुई युवा ब्याट्सम्यान कुशत भुर्तेल र आसिफ शेख टिकेको खण्डमा खेल जित्न सकिने अपेक्षा नेपाली टोलीको छ ।

सिरिजमा उत्कृष्ट ओपनिङ जोडीको रुपमा देखिएका दुई ब्याट्सम्यान नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा पनि ओपनिङमा पर्ने सम्भावना छ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध नै डेब्यु गरेको यी दुई जोडीले कीर्तिमानी खेल खेलेका छन् ।

कुशल जारी सिरिजमा सर्वाधिक स्कोर कर्ता हुन् । उनले नेपालका लागि सिरिजमा ४ खेलमा २ सय १ रन जोडेका छन् ।

आसिफले १ सय ३८ रन जोड्दै सिरिजमा सर्वाधिक रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् ।

नेपालका लागि वलिङमा सन्दीप लामिछाने मुख्य हतियार हुन सक्छन् ।

अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अनुभव बटुली सकेका सन्दीपले जारी सिरिजका चार खेलबाट ११ विकेट लिएका छन् ।

उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा चार ओभर बलिङ गर्दै दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा चार ओभरमा ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ०१ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण