भक्तपुरमा नेपाल समूहको समानान्तर कमिटी गठन | Khabarhub Khabarhub

भक्तपुरमा नेपाल समूहको समानान्तर कमिटी गठन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल समूहले भक्तपुरमा पनि समानान्तर कमिटी गठन गरेको छ । उक्त समूहको भेलाले नेता रञ्जन केसीको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रेमानन्द श्रेष्ठ र पुरुषोत्तम लामिछाने चयन भएका छन् भने सचिवको जिम्मेवारी श्याम बस्नेतलाई दिइएको छ। कमिटीको उपसचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् । केन्द्रीय सदस्य पनि चयन गरेको छ ।
भेलाले सूर्यविनायक नगर इन्चार्जमा दिपक विशुंके, सहइन्चार्जमा दीपेन्द्रराज खत्री, भक्तपुर नगर इन्चार्ज रामगोपाल चगुठी र मध्यपुर थिमि नगर इन्चार्ज प्रेमानन्द श्रेष्ठ, सहइन्चार्जमा राजभाई जयना चाँगुनारायण नगर इन्चार्जमा पुरुषोत्तम लामिछाने र सहइन्चार्जमा बासुदेव खड्का चयन गरेको छ ।

त्यस्तै संगठन विभाग प्रमुख श्याम बस्नेत, प्रचार विभाग प्रमुख निरव थापा र उपप्रमुख दिनेश कार्की, पार्टी स्कुल विभाग पुरुषोत्तम लामिछाने, आर्थिक विभाग राजेन्द्र श्रेष्ठ, युवा इन्चार्ज दिपक थापा र सह-इन्चार्ज निराकर भारती, विद्यार्थी इन्चार्ज लालबहादुर रोकाया, खेलकुद इन्चार्ज दिलिप केसी, महिला विभाग प्रमुख रिता अवाल र उपप्रमुख सरिता खत्री, सहकारी विभाग देवरत्न न्यौपाने र मुक्ति समाज इन्चार्ज बलराम बोगटी र सह-इन्चार्ज उत्तम परियार चयन भएको जानकारी दिइएको छ । अध्यक्ष केपी ओलीले पार्टीमा एकलौटी गरेको भन्दै यो समूहले देशभर समानान्तर कमिटी गठन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : ३० बजे

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरीको नियन्त्रणमा

कर्णाली– सुर्खेतको वीरेन्द्रनगरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद अञ्जान शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित