एकै युवकको प्रेममा थिए मनीषा र ऐश्वर्या ! « Khabarhub

एकै युवकको प्रेममा थिए मनीषा र ऐश्वर्या !


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्रीबीचको खटपट सञ्चारमाध्यमका लागि कुनै नयाँ कुरा होइन । प्रायः सेटमा काम गरिरहेका दुई अभिनेत्रीबीच खटपट र झगडाको खबर बाहिर आइरहेकै हुन्छन् ।

तर बलिउडमा यस्ता दुई अभिनेत्री छन्, जसको झगडाका कारण एक अभिनेत्रीलाई रुनु नै परेको थियो । अमर उजालामा प्रकाशित समाचारअनुसार यस्तो अवस्था अभिनेत्रीद्वय ऐश्वर्या राय र मनीषा कोइरालाको जीवनमा आएको थियो ।

मनीषा र ऐश्वर्याले आफूहरुको झगडाको बारेमा मिडियामा अन्तरवार्ता नै दिएका थिए । ऐश्वर्याका अनुसार यो झगडाले उनी आफैं रोएकी थिइन् ।

ऐश्वर्या र अभिनेता सलमान खानबीचको अपूर्ण प्रेमकथा अहिले पनि चर्चित छ । तर ऐश्वर्या सलमान भन्दा अघि प्रख्यात मोडल राजीव मलचंदानीको प्रेममा थिइन् ।

यो कुराको खुलासा मनीषाले एक अन्तरवार्तामा गरेकी थिइन् । ऐश्वर्याको विवाह पछि मनीषाले एक पत्रिकालाई दिएको अन्तरवार्तामा अभिषेक बच्चनसँगको विवाह पछि आफूलाई ऐश्वर्याले अघिल्लो प्रेमीको बारेमा सबै कुरा बताएको खुलासा गरेकी थिइन् ।

राजीव त्यो समयमा मोडलिङमा चिनिएका अनुहार थिए । उनी मनीषाको मिल्ने साथी पनि थिए । मनीषाका अनुसार राजीवले ऐश्वर्यालाई छोडेपछि मनीषलाई रोजेका थिए ।

ऐश्वर्याका लागि यो कुरा निकै ठूलो थियो किनकी त्यो समयमा ऐश्वर्याको करियर सुरु भइरहेको थियो ।

यो घटना सन् १९९४ को थियो । त्यो समयमा मनीषाले दिएको अन्तरवार्तामा आफू राजीवसँग डेट गरिरहेको र आफूसँग सम्बन्धमा रहन ऐश्वर्यासँग राजीवले ब्रेकअप गरेको बताएकी थिइन् ।

त्यसको पाँच वर्ष पछि सन् १९९९ मा ऐश्वर्याले अर्को पत्रिकालाई राजीव आफ्नो मिल्ने साथी मात्र भएको र त्यो भन्दा अरु सम्बन्ध नरहेको दाबी गरेकी थिइन् । उनले राजीवलाई आफूलाई उनको प्रेमकथाको हिस्सा नबनाउन आग्रह गरेको ऐश्वर्याले बताएकी थिइन् ।

ऐश्वर्याका अनुसार दुई महिना राजीव र मनीषा अलग्गिएका थिए । ऐश्वर्याले मनीषाले हरेक दुई महिनामा अलग युवकसँग डेट गर्ने गरेको खुलासासमेत गरेकी छन् । मनीषाले आफूलाई राजीवले लेखेको प्रेमपत्र पढेको बताएपछि आफू निकै रोएकी ऐश्वर्याले बताएकी छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : २५ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन