निषेधाज्ञाको मौका छोपी वन तस्कर सल्बलाए « Khabarhub

निषेधाज्ञाको मौका छोपी वन तस्कर सल्बलाए


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् ।

जिल्लाको लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २५ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ । निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र शिकारीले जङ्गली जनावर र वनजन्य पदार्थको चोरी शिकारी गर्ने गरेको बताइएको छ ।

सर्लाही र महोत्तरीको सीमाक्षेत्रका जङ्गलमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका पक्षी बाक्लै पाइन्छ । दिनहुँ बँदेल, हरिण, मृग, दुम्सी, निल गाईलगायत वन्यजन्तुको शिकार हुने गरेको वनसँगै जोडिएको बस्तीका बासिन्दाको भनाइ छ । वैशाख ३० गते साँझ शिकारीले निल गाई मारी छाला काड्दै गर्दाको अवस्थामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो ।

इश्वरपुर नगरपालिका­४ सागरनाथ वन क्षेत्रबाट हतियारसहित वन पसेका शिकारीको प्रदेश नं.२ ०२ ०३२ प २५२२ नम्बरको मोटरसाईकल र बिआर ३० यु ४६७७ नम्बरको भारतीय नम्बरका दुईवटा मोटरसाइकलसहित तीन नाल भरुवा बन्दुक, त्यसमा लाग्ने फलामको बारुद इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवास र प्रहरी चौकी फुलजोरको प्रहरी टोलीले बरामद गरेको थियो । सो क्रममा शिकारका लागि वन पसेका शिकारी र प्रहरीबीच दोहोरो गोली हानाहान समेत भएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार त्यस क्रममा शिकारीले तीन राउण्ड हवाई फायर गरेको र जवाफमा प्रहरीले दुई राउण्ड हवाई फायर भएको थियो ।

प्रहरीले फायर गरेपछि शिकारीहरुले भरुवा बन्दुक छोडेर भागेका भएपनि इश्वरपुर नगरपालिका­४ का शिकारी रणबहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक खोजतलास र थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । शिकार गर्न गएका चारमध्ये बाँकी तीनजना भाग्न सफल भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा घोषणापछि वनमा शिकारी र काठ तस्कर नपसेको डिभिजन वन कार्यालयको दाबी छ । पछिल्ला दिनहरुमा वनका कुनै रूख नकाटिएको र वन्यजन्तुको विचरण पनि राम्रो रहेको सव­डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वलकुमार यादवले बताए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १ : ५५ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै