कटरीनाको स्कर्टमा सलमानको रिस « Khabarhub

कटरीनाको स्कर्टमा सलमानको रिस


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सलमान खान र कटरीना कैफको बोण्डिङ एकअर्काबाट लुकेको छैन । उनीहरु एकअर्कालाई वर्षौदेखि जानेका छन् । कटरीना बलिउडमा नयाँ हुँदा सलमानले नै ‘मेन्टर’का रुपमा उनको करियरलाई माथि ल्याउन मद्दत गरेका थिए ।

एबीपी लाइभका अनुसार सलमान र कटरीना करिब पाँच वर्षसम्म सम्बन्धमा रहे । त्यसपछि उनीहरु अलग्गिए । तर अलग्गिए पनि कटरीना र सलमानको बोण्डिङमा कुनै असर देखिएन । उनीहरु अझै मिल्ने साथी छन् ।

एक अन्तरवार्तामा सलमानले कटरीनाको स्कर्टका विषयमा खुलासा गरेका छन् । उनका अनुसार कटरीनालाई छोटो स्कर्टमा देख्दा उनी रिसाएका थिए ।

‘एकपटक मैले कटरीनालाई छोटो स्कर्टमा देखें । जुन कुरा मलाई मनपरेन । मलाई रिस उठिरहेको थियो, तर मसँग अरु विकल्प पनि थिएन । कैयौं पटक यस्ता कुरा तपाईंको बसमा हुँदैन’, उनले भनेका छन् ।

ब्रेकअपपछि यो जोडीले ‘एक था टाइगर’, ‘टाइगर जिंदा है’ र ‘भारत’ जस्ता सफल फिल्ममा अभिनय गरेका छन् ।

सलमानसँग ब्रेकअप पछि कटरीनाको अफेयर रणवीर कपूरसँग भएको थियो । उनीहरु ६ वर्षसम्म सम्बन्धमा रहे । तर उनीहरुको सम्बन्ध त्यसपछि निरन्तर रहन सकेन । कटरीनासँग अलग्गिएपछि रणवीर आलियाको प्रेममा छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : २५ बजे

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको