कटरीनाको स्कर्टमा सलमानको रिस « Khabarhub

कटरीनाको स्कर्टमा सलमानको रिस


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सलमान खान र कटरीना कैफको बोण्डिङ एकअर्काबाट लुकेको छैन । उनीहरु एकअर्कालाई वर्षौदेखि जानेका छन् । कटरीना बलिउडमा नयाँ हुँदा सलमानले नै ‘मेन्टर’का रुपमा उनको करियरलाई माथि ल्याउन मद्दत गरेका थिए ।

एबीपी लाइभका अनुसार सलमान र कटरीना करिब पाँच वर्षसम्म सम्बन्धमा रहे । त्यसपछि उनीहरु अलग्गिए । तर अलग्गिए पनि कटरीना र सलमानको बोण्डिङमा कुनै असर देखिएन । उनीहरु अझै मिल्ने साथी छन् ।

एक अन्तरवार्तामा सलमानले कटरीनाको स्कर्टका विषयमा खुलासा गरेका छन् । उनका अनुसार कटरीनालाई छोटो स्कर्टमा देख्दा उनी रिसाएका थिए ।

‘एकपटक मैले कटरीनालाई छोटो स्कर्टमा देखें । जुन कुरा मलाई मनपरेन । मलाई रिस उठिरहेको थियो, तर मसँग अरु विकल्प पनि थिएन । कैयौं पटक यस्ता कुरा तपाईंको बसमा हुँदैन’, उनले भनेका छन् ।

ब्रेकअपपछि यो जोडीले ‘एक था टाइगर’, ‘टाइगर जिंदा है’ र ‘भारत’ जस्ता सफल फिल्ममा अभिनय गरेका छन् ।

सलमानसँग ब्रेकअप पछि कटरीनाको अफेयर रणवीर कपूरसँग भएको थियो । उनीहरु ६ वर्षसम्म सम्बन्धमा रहे । तर उनीहरुको सम्बन्ध त्यसपछि निरन्तर रहन सकेन । कटरीनासँग अलग्गिएपछि रणवीर आलियाको प्रेममा छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : २५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान