विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई « Khabarhub

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ ।

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो संस्करणको उपाधि जितेको हो ।

साउथह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो  ।

सामान्य लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । दोस्रो इनिङ्समा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले  । रोस टेलर ४७ रनमा अविजित रहे  ।

ओपनर डेभोन कन्वे १९ रन जोड्दा आउट हुँदा टम लाथम ९ रनमा आउट भए । भारतका रविचन्द्र आश्विनले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो  ।

पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए । शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।

भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु