कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै    | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै   


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बिहान ९ बजे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा डाकिएको बैठकमा पार्टीको आगामी महाधिवेशनकै विषयमा छलफल केन्द्रित हुने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन समय लागेकाले महाधिवेशनको मिति नसर्ने गरी अरु कार्यतालिका भने हेरफेरको विषय बैठकमा छलफलमा आएको छ ।  यसबारे आजको बैठकले निर्णय गर्ने सम्भावना रहेको महतले बताए ।

शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

संशोधित कार्यतालिकाअनुसार यही साउन १२ गते गाउँ/नगर वडा अधिवेशन शुरू गरेर क्षेत्र, जिल्ला हुँदै  भदौ २ गतेसम्म प्रदेश अधिवेशन सक्नुपर्ने कार्यतालिका निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : ४० बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी