कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै    « Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै   


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बिहान ९ बजे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा डाकिएको बैठकमा पार्टीको आगामी महाधिवेशनकै विषयमा छलफल केन्द्रित हुने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन समय लागेकाले महाधिवेशनको मिति नसर्ने गरी अरु कार्यतालिका भने हेरफेरको विषय बैठकमा छलफलमा आएको छ ।  यसबारे आजको बैठकले निर्णय गर्ने सम्भावना रहेको महतले बताए ।

शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

संशोधित कार्यतालिकाअनुसार यही साउन १२ गते गाउँ/नगर वडा अधिवेशन शुरू गरेर क्षेत्र, जिल्ला हुँदै  भदौ २ गतेसम्म प्रदेश अधिवेशन सक्नुपर्ने कार्यतालिका निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : ४० बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा