साउन १२ लाई तय भएको कांग्रेसको वडा तहको अधिवेशन स्थगित « Khabarhub

साउन १२ लाई तय भएको कांग्रेसको वडा तहको अधिवेशन स्थगित

भदौमा तोकिएको महाधिवेशन पनि सर्न सक्ने


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आगामी महाधिवेशनअन्तर्गत साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय महाधिवेशन गर्नुपूर्व साउन १२ गतेबाट वडा अधिवेशन तय गरेका थियौँ । अब तीन दिन मात्रै बाँकी छ वडाको अधिवेशनका लागि । समयको चाप रहेकै बेला जिल्ला जिल्लाबाट कोरोना संक्रमण बढिरहेको अबस्थामा समस्या आएको साथीहरूले पनि बताइरहनुभएको छ । आजको बैठकले साउन १२ गते हुने भनेको स्थगन गर्ने परामर्श गरेको छ । साउन १२ गतेका दिन स्थगन हुनको अर्थ केन्द्रिय महाधिवेशनको मिति सर्छ भन्ने होइन ।’

प्रवक्ता शर्माले क्रियाशिल सदस्यता छानविन समितिले धेरै स्थानको सदस्यताको टुंगो लगाइसकेको र साउन १२ गते समितिले तयार गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने समेत जनकारी दिए । उनले भने, ‘साउन १२ गते बिहान ९ बजे प्रतिवेदन हस्तान्तरण गर्नुहुनेछ । साउन १२ गतेपछि छलफल गरेर वडा अधिवेशनको नयाँ मिति तय गर्छौं ।’

अधिकांश स्थानको क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको प्रवक्ता शर्माले जानकारी दिए । उनले भने, ‘अधिकांश ठाउँमा सर्वसम्मत निर्णय भइसकेको छ । १२ गते हस्तान्तरण गर्नुपूर्व बाँकी स्थानको टुंगो लगाएर प्रतिवेदन तयार हुनेछ ।’

वडा अधिवेशन प्रभावित भएसँगै कांग्रेसको आगामी भदौका लागि तोकिएको महाविधेशनसमेत सर्नसक्ने सम्भावना रहेको तर तोकिएको मितिमा महाधिवेशन गर्न कांग्रेसले प्रयत्न भने गरिरहने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ०२ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र