विप्लव राजनीतिक भेटवार्तामा व्यस्त, आज जसपा अध्यक्ष ठाकुरलाई भेटे « Khabarhub

विप्लव राजनीतिक भेटवार्तामा व्यस्त, आज जसपा अध्यक्ष ठाकुरलाई भेटे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।

उनी शीर्ष नेतालाई भेट्न उनीहरूकै निवास पुग्दै आएका छन् । पछिल्लो विकसित घटनाक्रमको विषय र आफूले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि भेटवार्ता गरिरहेका विप्लवले राजनीतिक स्थिरताका विषयमा नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।

उनले माओवादी नेताहरूलाई भेटेर एउटै मोर्चा बनाउन प्रस्ताव गरेका छन् भने नेपालमा सबै कम्युनिस्ट एक भएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

यसैक्रममा विप्लवले आज जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता गरेका छन् ।

शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुर निवास पुगेका थिए ।

दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ३ : २८ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्