एमाजोन प्राइममा ‘एटिन’ रिलिज « Khabarhub

एमाजोन प्राइममा ‘एटिन’ रिलिज


८ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–बेलायतमा छायांकन भएको नेपाली फिल्म ‘एटिन’ डिजिटल प्लेटफर्म एमाजोनमा रिलिज भएको छ । फिल्ममा नेपालबाट बेलायत पुगेर बसोबास गर्ने पहिलो पुस्ता र बेलायतमै जन्मिएर त्यही हुर्किएको दोस्रो पुस्ता बीचको पुस्तान्तर दुरी, मनोविज्ञान, उतारचढावलाई देखाइएको छ ।

फिल्मका निर्माता तथा निर्देशक प्रेम लामाले एमजोनमार्फत दर्शकमाझ फिल्म ल्याउन पाउदा खुशी व्यक्त गरे ।

तारा देवी लामा र पेमा डोल्करको लगानी रहेको फिल्ममा प्रसुना कँडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायती कलाकार क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको अभिनय छ ।

फिल्ममा चन्द्रकुमार दोङ र ताराप्रकाश लिम्बुको संगीत, निर्मला घिसिङ र ताराप्रकाश लिम्बुको स्वर, चन्द्रकुमार दोङ र अन्जु श्रेष्ठको शब्द, डिज एलएक्स पौडेलको पाश्र्व ध्वनि, किरणराज थापाको सम्पादन, कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको छायांकन रहेको छ ।

फिल्म प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको हो । निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीनवटा फिल्म निर्माण एवं निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ११ : ३५ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल