नेपाली क्रिकेट टिम ओमान प्रस्थान « Khabarhub

नेपाली क्रिकेट टिम ओमान प्रस्थान


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिब अशोकनाथ प्याकुरेलसहितका पदाधिकारीले बिदाइ गरेका छन्  ।

ओमानमा रहँदा नेपालले लिग २ मा अमेरिका र ओमानसँग त्रिकोणीय श्रृंखलाका ४ खेल खेल्नेछ । लिगमा तीनवटै देशले एकअर्का विरुद्ध २–२ खेल खेल्ने छन् । लिगभन्दा अघि नेपालले पपुवा न्युगिनीसँग २ खेलको एकदीवसीय क्रिकेट श्रृंखला खेल्ने छ ।

पूर्व कप्तान पारस खड्काको सन्यासपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। नेपाल यो पटक नयाँ जर्सीमा समेत मैदानमा देखिने छ। यो खेलमा पारसको कमी कुन खेलाडीले पूरा गर्छन् भन्ने हेर्न लायक हुनेछ। यस्तै तिब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् । उनले डेब्यूको मौका पाउँछन् वा पाउँदैनन् त्यो भने पक्का छैन ।

सोमपाल कामी, करण केसी र अभिनाष बोहोरासमेत टिममा तिब्र गतिका बलर छन् । त्यसैले झाले डेब्यूको मौका पाउन कठिन प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । नेपालका प्रमुख प्रशिक्षक डेभ व्हाटमेरका लागि यो पहिलो परीक्षासमेत हो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ०२ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय