कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न सरकारलाई संसदीय समितिको निर्देशन « Khabarhub

कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न सरकारलाई संसदीय समितिको निर्देशन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालय स्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२ को परीक्षा पनि गराउन निर्देशन दिएकी हुन् ।

समितिका सदस्य डा.सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने सुझाब दिए । त्यस्तै समितिकी अर्की अन्जना विशन्खेले परीक्षा स्थगीत गरेर शैक्षिक सत्र बिथोल्न नहुने बताइन् । स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा लिनुपर्ने उनको भनाइ छ ।

कोरोना संक्रमणदर बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को सिफारीसमा गत साउन २३ गते राष्ट्रिय परीक्षा बोर्डले १२ को परीक्षा अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरेको छ ।

बोर्डले यस अघि जारी गरेको परीक्षा तालिका अनुसार साउन ३१ गतेबाट परीक्षा सञ्चालन गरेको भए बुधबार(भोलि) परीक्षा सकिन्थ्यो । परीक्षा स्थगित गर्दाको समयको कोरोना संक्रमण दर र अहिलेको कोरोना संक्रमणदरमा खासै परिवर्तन देखिएको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक