करियरका लागि श्रीमान छोडेका यी अभिनेत्रीहरु « Khabarhub

करियरका लागि श्रीमान छोडेका यी अभिनेत्रीहरु


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड फिल्म उद्योगमा यस्ता कैयौं अभिनेत्री छन्, जसले आफ्नो करियरका लागि वैवाहिक जीवनलाई नै त्यागे । जसमा मल्लिका शेरावत, डिम्पल कपाडियालगायतका ठूला नाम छन् ।

फिल्म ‘बबी’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री डिम्पल कपाडिया एक फिल्मपछि रातारात स्टार बनिन् । उनले यो समय अभिनेता राजेश खन्नासँग विवाह गरेकी थिइन् । राजेशले डिम्पललाई फिल्मबाट टाढिन र परिवारतिर ध्यान लगाउन भनेका थिए ।

त्यसपछि केही समयका लागि डिम्पलले फिल्मबाट अलग्गिएर गृहस्थी जीवन बिताइन् । तर उनले पुनः फिल्ममा पाइला चाल्ने प्रयास गरिन्, जुन कामलाई राजेशले विरोध गरे । त्यसपछि डिम्पलले फिल्मका लागि घर नै छोडिदिइन् ।

सन् ७० को दशककी लोकप्रिय अभिनेत्री राखीले सन् १९७३ मा गीतकार गुलजारसँग विवाह गरेकी थिइन् । गुलजारले आफूसँग विवाह गरेपछि फिल्ममा काम नगर्न राखीसँग शर्त राखेका थिए । राखीले केही वर्षसम्म त शर्त मानिन् । तर उनले सन् १९७४ मा गुलजारलाई छोड्ने निर्णय लिइन् । त्यसपछि उनी पुनः फिल्ममै फर्किइन् ।

अभिनेत्री चित्रांगदा सिंहले फिल्ममा आउनु अघि बाल्यकालको साथ गोल्फर ज्योति रंधावासँग विवाह गरेकी थिइन् । ज्योति चित्रांगदा आफ्नो परिवारका साथ दिल्लीमा बसुन् भन्ने चाहन्थे । तर चित्रांगदा आफ्नो करियर बनाउन चाहन्थिइन् । त्यहीकारण उनले सन् २०१४ मा सम्बन्धविच्छेद गरेर फिल्मी अभिनयमा ध्यान दिइन् ।

अभिनेत्री विमी आफ्नो विवाहलाई जीवनकै ठूलो गल्ती मान्छिन् । उनको करियर उनका पतिको गलत निर्णयले बिग्रिएको थियो । त्यसपछि उनले पतिलाई छोडिन् । यद्यपि त्यो समय उनका लागि ढिलो भइसकेको थियो । उनी फिल्मी दुनियाँबाट एकाएक गायब भइन् । आर्थिक अवस्था खराब भएपछि उनले आफूलाई वेश्यावृत्ति पेशामा संलग्न गराइन् ।

फिल्म ‘मर्डर’मा बोल्ड दृश्य दिएर चर्चामा आएकी अभिनेत्री मल्लिका शेरावत रातारात बलिउडमा चर्चित अनुहार बनिन् । उनी फिल्ममा आउनुअघि विवाहित थिइन् । तर उनका पति करण गिल उनलाई फिल्ममा अभिनय गराउन चाहदैन थिए । यहीकारण एक वर्षपछि उनले पतिसँग सम्बन्धविच्छेद गरिन् र मुम्बई आइन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : २० बजे

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौं– उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी

वर्षापछि वायुको गुणस्तरमा सुधार

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि