करियरका लागि श्रीमान छोडेका यी अभिनेत्रीहरु | Khabarhub Khabarhub

करियरका लागि श्रीमान छोडेका यी अभिनेत्रीहरु


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड फिल्म उद्योगमा यस्ता कैयौं अभिनेत्री छन्, जसले आफ्नो करियरका लागि वैवाहिक जीवनलाई नै त्यागे । जसमा मल्लिका शेरावत, डिम्पल कपाडियालगायतका ठूला नाम छन् ।

फिल्म ‘बबी’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री डिम्पल कपाडिया एक फिल्मपछि रातारात स्टार बनिन् । उनले यो समय अभिनेता राजेश खन्नासँग विवाह गरेकी थिइन् । राजेशले डिम्पललाई फिल्मबाट टाढिन र परिवारतिर ध्यान लगाउन भनेका थिए ।

त्यसपछि केही समयका लागि डिम्पलले फिल्मबाट अलग्गिएर गृहस्थी जीवन बिताइन् । तर उनले पुनः फिल्ममा पाइला चाल्ने प्रयास गरिन्, जुन कामलाई राजेशले विरोध गरे । त्यसपछि डिम्पलले फिल्मका लागि घर नै छोडिदिइन् ।

सन् ७० को दशककी लोकप्रिय अभिनेत्री राखीले सन् १९७३ मा गीतकार गुलजारसँग विवाह गरेकी थिइन् । गुलजारले आफूसँग विवाह गरेपछि फिल्ममा काम नगर्न राखीसँग शर्त राखेका थिए । राखीले केही वर्षसम्म त शर्त मानिन् । तर उनले सन् १९७४ मा गुलजारलाई छोड्ने निर्णय लिइन् । त्यसपछि उनी पुनः फिल्ममै फर्किइन् ।

अभिनेत्री चित्रांगदा सिंहले फिल्ममा आउनु अघि बाल्यकालको साथ गोल्फर ज्योति रंधावासँग विवाह गरेकी थिइन् । ज्योति चित्रांगदा आफ्नो परिवारका साथ दिल्लीमा बसुन् भन्ने चाहन्थे । तर चित्रांगदा आफ्नो करियर बनाउन चाहन्थिइन् । त्यहीकारण उनले सन् २०१४ मा सम्बन्धविच्छेद गरेर फिल्मी अभिनयमा ध्यान दिइन् ।

अभिनेत्री विमी आफ्नो विवाहलाई जीवनकै ठूलो गल्ती मान्छिन् । उनको करियर उनका पतिको गलत निर्णयले बिग्रिएको थियो । त्यसपछि उनले पतिलाई छोडिन् । यद्यपि त्यो समय उनका लागि ढिलो भइसकेको थियो । उनी फिल्मी दुनियाँबाट एकाएक गायब भइन् । आर्थिक अवस्था खराब भएपछि उनले आफूलाई वेश्यावृत्ति पेशामा संलग्न गराइन् ।

फिल्म ‘मर्डर’मा बोल्ड दृश्य दिएर चर्चामा आएकी अभिनेत्री मल्लिका शेरावत रातारात बलिउडमा चर्चित अनुहार बनिन् । उनी फिल्ममा आउनुअघि विवाहित थिइन् । तर उनका पति करण गिल उनलाई फिल्ममा अभिनय गराउन चाहदैन थिए । यहीकारण एक वर्षपछि उनले पतिसँग सम्बन्धविच्छेद गरिन् र मुम्बई आइन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : २० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं