सडक निर्माण ढिलाइले डुवानको जोखिम बढ्यो | Khabarhub Khabarhub

सडक निर्माण ढिलाइले डुवानको जोखिम बढ्यो


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुवानमा पर्‍यो । सो कम्पनी मात्रै नभइ करिब एक दर्जन पसल डुवानमा पर्दा लाखौंका सामानमा क्षति पुग्यो ।

गत वर्षका डुवानमा व्यापारीको क्षति भएको स्मरण गर्दै ब्यापारी सरोज चपाईंले ढल निकासको समस्याका कारण डुवान भएको आरोप लगाए ।

‘स्थानीय सरकार मौन छ । निर्माण कम्पनीले कछुवा गतिमा काम गरिरहेको छ । व्यापारी बर्सेनि डुवानको समस्यामा छन्,’ उनले भने, ‘ढल निकासको उचित व्यवस्थापन नभएकै कारण हामीले समस्या भोग्नुपरेको छ ।’

बजारको मुख्य भागमा निर्माण सुरुआत भएको सडकको काम समयमै सम्पन्न नहुँदा बजार क्षेत्र डुवानमापर्ने खतरा बढेको छ । एक दिनको वर्षाले मात्रै टीकापुरका दर्जनौं पसल डुवानमा परेका छन् । अहिले निर्माण हुन लागेको सडक घरको सतहभन्दा अग्लो भएका कारणले पनि सामान्य वर्षामा पानी पसलमा पस्ने गरेको स्थानीय व्यापारी सुरेन्द्र चौधरी बताउँछन् ।

‘नाली निर्माण भएका छन् । तिनको निकास छैन् । अहिले तिनै नालीमा पानी भरिएर पसल जलमग्न भएका छन् ।’ उनले भने, ‘पूर्व तयारी कसैले गर्दैनन् । जब समस्या आउँछ त्यसपछि मात्रै एक अर्कालाई दोष दिएर समस्याको समाधान हुँदैन ।’

बजारको मुख्य भाग ब्लक नं.‘ए’ मा स्मार्ट सिटी अन्तर्गत सडकको काम सुरु भएको दुई वर्ष भइसकेको छ । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी एमके जेभीले पहिलो चरणको सम्झौताको म्याद सकिए पनि अझै आधा काम सम्पन्न गर्न सकेको छैन् ।

जेभीका निर्देशक चक्रबहादुर शाहीले काम गर्दै जाँदा आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेकोले काममा ढिलाइ भएको बताए । उनले आयोजनाको डिजाइन सच्याउन समय लागेको र कोरोनाका कारण पनि काम प्रभावित भएका कारण समयमै सम्पन्न गर्न नसकिएको बताए ।

बजारको मुख्य बजारसँगै जोडिएको जमरा पुलदेखि बसपार्कसम्मको सडकको पनि पहिलो चरणको सम्झौता गत फागुनमै सम्पन्न भइसकेको छ । विद्युत् पोलको समस्या देखाउँदै आएको निर्माण कम्पनीले ढल निकासका लागि निर्माण गरेको नालाको निकास खोलेको छैन । नालाको निकास नभएका कारण डुवानको जोखिम बढेको स्थानीय व्यापारी हेमन्त रावल बताए ।

सडक निर्माणको जिम्मा पाएको रेखा निर्माण सेवाले अहिले सडककोबीच भागमा गिट्टी थुपारेका कारण सवारी आवागमनमा पनि निकै समस्या हुने गरेको छ । निर्माण सेवाका इन्जिनीयर गगन शाहीले विद्युत् पोलको व्यवस्थापन हुन नसक्दा काम गर्न निकै कठिनाइ हुँदै आएको जनाउँदै बिचको भाग भए पनि कालोपत्र गर्ने भनेर सडकमा गिट्टी थुपार्ने काम भएको बताए ।

‘हामीले पनि समयमै काम सम्पन्न गर्छौ भनेर काम सुरु गरेका थियौं । तर बिचमा आएका समस्याले काम समयमै सम्पन्न गर्न सकिएन ।’ उनले भने, ‘हामी त काम गर्न तयारै छौँ तर काम गर्ने वातावरण बनिरहेको छैन ।’

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : २३ बजे

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३