घट्न थाल्यो कोरोना सङ्क्रमण « Khabarhub

घट्न थाल्यो कोरोना सङ्क्रमण


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- निषेधाज्ञामा कडाइ थालेपछि बागलुङमा कोरोना सङ्क्रमणदर घट्न थालेको छ । एक महिना पहिला ८०० जना सक्रिय सङ्क्रमित रहेको बागलुङमा पछिल्लो तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३८८ मा झरेको छ ।

जिल्लामा सोमबार जम्मा आठमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ४५ ले कोरोनालाई जितेर घर फर्किएका छन् । एन्टिजेन परीक्षणका क्रममा सोमबार बरेङ गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका ६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘‘लक्षण देखिएका बिरामीको निरन्तर जाँच भइरहेको छ, सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको पाएका छौँ’’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘‘गत भदौ १० पछि निषेधाज्ञा खुकुलो गर्न दबाब छ, खुकुलो हुँदा जोखिम बढ्न सक्छ ।’’

कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म ६४ ले ज्यान गुमाएका छन् । सोमबार राति बागलुङ नगरपालिका–१२ अमलाचौरका ७२ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

‘‘दोस्रो लहर चल्ने बेला जस्तो अक्सिजनको कमी हुने सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ, अस्पतालमा गम्भीर समस्या लिएर आउने कम छन्’’, उनले भने, ‘‘भेला, सभामा सहभागी हुनेमा बढी सङ्क्रमण देखिन्छ, सजगता अपनाउँदा सङ्क्रमण कम हुन्छ ।’’

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : २० बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित