नेपालमा परियोजना सञ्चालन गर्दाका अवसर बारे भारतीय दूतावासको अन्तर्क्रिया « Khabarhub

नेपालमा परियोजना सञ्चालन गर्दाका अवसर बारे भारतीय दूतावासको अन्तर्क्रिया


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय पूर्वाधार कम्पनीहरूसँग अन्तरक्रिया गरिएको छ।

भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहकार्यमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरूसँग भर्चुअल अन्तरक्रिया गरेको हो।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई सम्बोधन गरेका थिए।

त्यसलगत्तै उपस्थित सहभागीहरूलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएको थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले सहभागीहरूसँग कुराकानी गर्नुका साथै उनीहरूका जिज्ञासा र प्रश्नहरूको जवाफ दिएका थिए।

उक्त कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत श्री एस एन बर्देले गरेका थिए।

कार्यक्रममा नियोग उप–प्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेको उल्लेख गरे।

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरे।

यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचिमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरूलाई सुझाव दिए।

नेपालमा व्यवसाय क्षेत्रमा सहभागिता जनाउन सहसचिव केशवकुमार शर्माले भारतीय कम्पनीहरूलाई स्वागत गर्नुका साथै पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए।

उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरूमा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिए।

उनले परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्न सहभागीहरूलाई प्रोत्साहित पनि गरे।

गएका केही वर्षहरूमा भारतीय पूर्वाधार कम्पनीहरूले भारतभित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरूको विकास गर्दै गुणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ।

भारतीय पूर्वाधार कम्पनीहरूलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरूसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : २९ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको