नेपालमा परियोजना सञ्चालन गर्दाका अवसर बारे भारतीय दूतावासको अन्तर्क्रिया | Khabarhub Khabarhub

नेपालमा परियोजना सञ्चालन गर्दाका अवसर बारे भारतीय दूतावासको अन्तर्क्रिया


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय पूर्वाधार कम्पनीहरूसँग अन्तरक्रिया गरिएको छ।

भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहकार्यमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरूसँग भर्चुअल अन्तरक्रिया गरेको हो।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई सम्बोधन गरेका थिए।

त्यसलगत्तै उपस्थित सहभागीहरूलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएको थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले सहभागीहरूसँग कुराकानी गर्नुका साथै उनीहरूका जिज्ञासा र प्रश्नहरूको जवाफ दिएका थिए।

उक्त कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत श्री एस एन बर्देले गरेका थिए।

कार्यक्रममा नियोग उप–प्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेको उल्लेख गरे।

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरे।

यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचिमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरूलाई सुझाव दिए।

नेपालमा व्यवसाय क्षेत्रमा सहभागिता जनाउन सहसचिव केशवकुमार शर्माले भारतीय कम्पनीहरूलाई स्वागत गर्नुका साथै पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए।

उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरूमा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिए।

उनले परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्न सहभागीहरूलाई प्रोत्साहित पनि गरे।

गएका केही वर्षहरूमा भारतीय पूर्वाधार कम्पनीहरूले भारतभित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरूको विकास गर्दै गुणस्तरीय निर्माण, समयावाधि भित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ।

भारतीय पूर्वाधार कम्पनीहरूलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरूसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : २९ बजे

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी